स्वतन्त्र पार्टी सरकारबाट फिर्ता हुँदैन: प्रधानमन्त्री दाहाल

Byadmin

२० माघ २०७९, शुक्रबार ११:२३ २० माघ २०७९, शुक्रबार ११:२३ २० माघ २०७९, शुक्रबार ११:२३
Spread the love
Prime minister Dahal

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त पार्टी अहिले सरकारबाट फिर्ता नहुने विश्वास जनाएका छन्।

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकका लागि केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका प्रधानमन्त्री दाहालले आफूले बुझेसम्म स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने बताएका हुन्। स्वतन्त्र पार्टी सरकारबाट फिर्ता हुन्छ कि भन्ने प्रश्नको जवाफमा दाहालले भने, “केही हुँदैन, फिर्ता पनि लिनुहुन्न, मैले बुझेसम्म।”

सञ्चारकर्मीले सोधेको एक अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताए। गठबन्धन भत्किन लागेको हो त भन्ने प्रश्नको जवाफमा उनले भने, “होइन, होइन। त्यस्तो केही हुँदैन।”

समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादीको स्थायी समिति बैठक बोलाइएको थियो। तयारी नपुगेको भन्दै बैठक स्थगन गरिएको छ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराले स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्ने बताए। महराले भने, “मुद्दा सकिएको छैन। सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ आउन बाँकी नै छ। त्यतिन्जेल स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्छ।”

सरकारमा बस्ने कि नबस्ने भन्ने विषयमा निर्णय गर्न स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ। आजको बैठकबाट महत्त्वपूर्ण निर्णय हुने प्रवक्ता डा. मुकुल ढकालले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X